२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय मालवाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौल पुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै भारतीय ट्रकको अत्याधिक भारका कारण नवलपरासी सुस्तापूर्वक दुम्किबासमा पुल भाँचिएकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई तत्काल भारतीय मालवाहक सवारीसाधनको तौल लिने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसरी दैनिक रूपमा भारतीय मालबाहक सवारीसाधनलाई निर्विवाद ७२ घण्टे सुविधामा सञ्चालन गर्न दिने कार्य भएको जनाउँदै आगामी दिनमा पनि यस्तै अवस्था रहे महासंघले समस्या हुने भएकाले यथाशीघ्र माग सुनुवाइ गर्न आग्रह गरे ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय सवारीसाधनलाई तौल पुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौल पुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन पनि यसै प्रेस विज्ञप्तिमार्फत माग गर्दछौँ ।”

देश भरी सार्वजनिक यातायात सञ्चालन गर्ने संघ र समिति र कम्पनी र प्रालिहरूको छाता संगठन विगत २०३६ सालदेखि क्रियाशील रहेको छ । हाल देशभर करिब तीन लाख ४० हजार यात्रुबाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 

सार्वजनिक यातायात क्षेत्रमा कूल चार लाख सवारी साधन सञ्चालनमा रहेका, करिब रु. १२ खर्ब लगानी भएको र १५ लाखलाई रोजगारी सिर्जना गरेको यो व्यवसायमा सरकारको ध्यान नपुग्दा व्यवसायी पलायन हुने स्थिति रहेको महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । सोही सन्दर्भमा भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा संघीय सरकारले दिएपछि नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी पलायन हुने स्थिति सिर्जना भएको उनले उल्लेख गरे ।

बारम्बार लिखित रूपमा सरकारका सम्बन्धित निकायमा ध्यानाकर्षणसहित असमान सन्धि खारेजीको माग गर्दै आएको जानकारी गराउँदै शुक्रबार साँझ दुम्कीबासको विनयी खोलामा एनएल ०१ ए एच ५१६१ नम्बरको भारतीय मालबाहक सवारीसाधनले करिब ६० टन सामान बोकेर आउँदा पुल भाँचिएर पूर्व-पश्चिमबाट सञ्चालन हुने हजारौँ सवारीसाधन १२ घण्टाभन्दा बढी बाटोमा रोकिएका भन्दै गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।  

महासंघका महासचिव डेकनाथ गौतमद्वारा आज जारी विज्ञप्तिमा महासंघले पटक–पटक उठाउँदै आएको विषय सत्य प्रमाणित भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस