काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भर्खरै लामिछानेको बयान भएको हो ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुने छ। त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।