१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली नेतृत्वको सरकारले मुलुकमा सुशासन दिन सकेन : डा. शशांक कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरेका छन् । उनले काँग्रेस सरकारमा सामेल भए पनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए ।

दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरूसँगको भेटमा विपी पुत्रसमेत रहेका शंशाकले काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भए पनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले काँग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसद्लाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए ।

काँग्रेस नेता, कार्यकर्ताहरूले विवेक पुर्‍याउनुपर्ने समय आउन लागेको भन्दै अब आउने महाधिवेशनमा आफू सभापति लड्ने पनि उनले जनाए । सभापति लड्ने सोच बनाइरहँदा देशभर काँग्रेस नेता, कार्यकर्ताहरूलाई भेट्नेक्रममा दाङ आइपुगेको चर्चा गर्दै नेता कोइरालाले घुमाउरो पारामा आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने संकेत गरे ।

कोइराला परिवार एक ठाउँमा आउनु र नआउनु ठूलो अर्थ नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नरहेको टिप्पणी गरे ।

काँग्रेसभित्र शक्तिलाई केन्द्रीकृत गर्ने काम मात्रै भइरहेको बताउँदै उनले आफू नेतृत्वमा आएपछि केन्द्रबाट हुँदै आएको टिकट वितरण प्रक्रियालाई पनि आफू जिल्ला, क्षेत्रलाई दिने गरी काँग्रेसको विधान संशोधन गर्ने उनले बताए ।

काँग्रेसका नेता, कार्यकर्ताले आफ्नो दिमागबाट नै काँग्रेस बनाउने अठोट लिनुपर्ने र त्यसलाई आफूले नेतृत्व गरेर साथ दिने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस