७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टको जिकिर : सत्ता गठबन्धन बलियो छ, तलमाथि हुँदैन

अ+ अ-

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुनेभन्दै दिएको अभिव्यक्ति पछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नहुने स्पष्ट पारेका हुन् । नेता भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको उल्लेख गरे ।

‘हाम्रो पार्टीको केन्द्रीय समितिमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो’, प्रदेश कमिटीले निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता भट्टले भने ।

पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रूपमा संविधान संशोधन गर्न सकिने कुरा अध्यक्षको रहेको भट्टले स्पष्ट पारेका थिए ।

‘अहिले देखिनै विधानका कुन–कुन दफा संशोधन गर्ने हो ? छलफल गर्दै जानुपर्छ’, भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूर्ण रूपमा संशोधन हुनसक्छ ।’

पार्टीको आन्तरिक बैठकमा विभिन्न विषयमा विभिन्न कोणबाट छलफल हुने भएकाले काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा असर नपर्ने उनको भनाई थियो ।

‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् । त्यसले दुई दलबीच भएको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन’, उनले भने, ‘यसले समीकरणमा पनि तलमाथि हुँदैन ।’

फरक प्रसङ्गमा बोल्दै सचिव भट्टले पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई परास्त गर्दै एक ढिक्का हुनुपर्ने कुरामा कुनै दुई मत नभएको बताए । पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा समेत स्पष्ट रूपमा उक्त कुरा उल्लेख गरिएको बताउँदै उनले दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गर्दै एकताबद्ध पार्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस