१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री राणाको दाबी : रुस-युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्री राणाले नेपालीहरू फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् ।

उनका अनुसार युक्रेनमा बन्दी बनाइएका नेपालीहरूलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको छ । ‘कूटनीतिक पत्रमार्फत युक्रेनका परराष्ट्र मन्त्री दिमित्रो कुलेबालाई नेपाली युद्धबन्दीको रिहाइका लागि अनुरोध गरेको,’ मन्त्री राणाले समितिको बैठकमा भनिन् ।

रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ । युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरू अहिलेसम्म पाँच जना रहेको पुष्टि भएको छ ।

मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, मोरङ लेटाङका विकास राई, बर्दिया राजापुरका विवेक खत्री र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी छन् ।

कतिपय नेपालीहरू युद्धमा मारिएका छन् । उनीहरूको शव नपाउँदा आफन्तले कुशको शवको प्रतीक बनाएर अन्तिम संस्कार समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस