१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो सरकार ढली नै हाल्छ, म रिल्याक्स गरिरहेको छु : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफैँले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे ।

सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार काँग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे । ‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ ‘प्रचण्ड’ले भने ।

‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनले थपे, ‘सबै घटनाक्रम तपाईँहरूले जे देखिराख्नु भाछ नेपाली काँग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरूको, संस्थापनमै भएका नेताहरूको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’

पछिल्लो घटनाक्रमलाई गम्भीर रूपले हेरिरहेको भन्दै प्रचण्डले सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गरे । उनले अहिले आफूले ‘रिल्याक्स’ गरिरहेको बताए ।

‘हाम्रो पार्टीले अहिले नै सरकार गिराउने, तुरुन्तै सरकारमा जाने भनेर एक्सरसाइज गरेका छैनौँ । तपाईँहरू प्रष्ट हुनुहोला । हामी अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छौँ,’ उनले भने, ‘स्थानीय तहदेखि नै भेला सम्मेलन भइराख्या छन् । र जनताले त्यसलाई राम्रो पनि मानिरहेका छन् । हामीले पनि रिल्याक्स गर्‍या छौँ ।’ उनले आफूले प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरिरहेको बताए ।

तर यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरूको नरहेको ‘प्रचण्ड’ले बताए । ‘यसको अर्थ के चाहिँ होइन भने फेरि यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य हैन, अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ उनले भने, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । आफैँले छोट्यायो भन्ने लाग्या छ ।’

प्रतिक्रिया दिनुहोस