७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलचर जोगाउन समुदायकै सहभागिता

अ+ अ-

बागलुङ । काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सक्रियता र सहभागिताबिना कानून र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुने गरी कानून बनेको हो ।

गाउँपालिकाले १६औँ गाउँ सभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो । अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानुन बनाएको हो । ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए।

उक्त नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेसा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ । माछा, गंगटालगायत जलचरको प्रजननका समय र संकटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ । “कानूनको कसी र कारबाहीले मात्र संरक्षण सम्भव छैन, त्यसैले हामीले खोला छेउका बस्तीको सक्रियता र सहभागिता हुने गरी समूहमार्फत संरक्षणको नीति ल्याएका छौँ”, उपाध्यक्ष थापाले भने, “किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउन पनि उनीहरूकै सहभागिता आवश्यक छ ।” 

गाउँ सभाले काठे खोला गाउँपालिकाका कर्मचारीको व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, वृत्ति विकासमा सहयोग पुर्‍याउन र काम गर्ने मनोबल विकास गर्ने गरी ऐन बनेको हो । गाउँ सभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यविधि पनि पारित गरेको छ ।  

विविध क्षेत्रका १२ जनालाई सम्मान 

गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई काठे खोला गाउँपालिकाले १६औँ गाउँ सभामा सम्मान गरेको छ । गाउँपालिकाको गरिमा बढ्ने गरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चारलगायत क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

गाउँपालिकाले एसइई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यमिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माविलाई सम्मान गरेको छ । साना उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै फर्निचर व्यवसायी पूर्णबहादुर थापा सम्मानित भएका छन् । कृषितर्फ अलैँची उत्पादक किसान भीमबहादुर जोल्मी, फलफूल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लालबहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लीलाधर कँडेल र चिया उत्पादक किसान यामबहादुर कार्कीलाई सम्मान गरिएको छ । 

त्यस्तै उद्योगतर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चारतर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीलाई सम्मान गरिएको छ । कार्की अध्यक्ष रहेको सहकारीले काठे खोला नै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ भने पत्रिकाले गाउँपालिकाका गतिविधि नियमित प्रकाश गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस