७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् ।

बुधबार सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उनले राखेका थिए ।

बैठकमा सहभागी एक नेताले बताए अनुसार, आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेका थिए । झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उनले बांङलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका छन् ।

‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रको परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रूपमा बढेको छ,’ अध्यक्ष नेपालले बोलेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रूपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउन सक्छ ।’

संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरूप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए ।

‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जान सक्छ,’ नेपालले भनेका छन् । उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस