१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको स्पिरिटअनुसार काम गर्न आफ्ना मन्त्रीहरूलाई काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक अहिले बसिरहेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बूढानीलकण्ठमा डाकेका थिए । बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको ब्रिफिङ गरेका छन् ।

अहिलेसम्म ३ वटा मन्त्रालयको ब्रिफिङ सकिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।

उनका अनुसार नेतृत्वले सरकारका काम कारवाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएको छ ।

‘अब के–के काम गर्ने, कसरी प्रभावकारी रूपमा अगाडि जाने । झण्डै २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई डेलिभरी दिनुपर्ने कुराहरू दिनुहोस् भनेर उहाँहरूले सुरूमा भन्नुभयो’, मन्त्री चौधरीले भने ।

‘सोचेअनुसार द्रुत गतिमा काम गर्न नसकेको भन्दै केही साथीहरूले समस्या पनि सुनाउनु भएको छ । नेताहरूले मिलेर त्यसलाई समाधान गर्ने आश्वासन दिनुभयो, उनले थपे ।

ओली सरकारमा काँग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ ।

दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस