११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो पटक ४३ जना विद्यार्थी दीक्षित

अ+ अ-

काठमाडौँ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक स्नातकोत्तर तह पूरा गराउँदै आफूले उत्पादन गरेका ४३ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

मेडिकल विज्ञान संकाय पोस्ट ग्राजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी-एमएस) का प्रथम ब्याचका १७ र र दोस्रो ब्याचका २६ विद्यार्थीलाई दीक्षित गरिएको हो ।

बिरामीहरूलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका अतिरिक्त स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने समेत उद्देश्यले २०७२ माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको उपकुलपति डुकबहादुर क्षेत्रीले बताए ।

अहिलेसम्म प्रतिष्ठानमा एमडी-एमएस, एमबिबिएस तथा नर्सिङतर्फ बिएनएस र बिएस्सी नर्सिङ कार्यक्रममा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

स्नातकोत्तर तहको एमडी/एमएस कार्यक्रमको लागि विभिन्न ६ वटा विभागमा १७ सिट निर्धारण भई अध्यापन सुरु भएको थियो । प्रतिष्ठानको स्नातकोत्तरतर्फ विभिन्न १० वटा विभागमा कुल ९१ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

स्नातकतर्फ १ सय ७१ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । पहिलो दोस्रो ब्याचमा दीक्षित हुने ४३ जना विद्यार्थीलाई विश्वप्रख्यात विश्वविद्यालय कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेन र कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गरे ।

पहिलो ब्याचबाट अर्थोपेडिक्स अरविन्दकुमार शाह र दोस्रो ब्याचबाट जनरल सर्जरी आषिश सापकोटा सर्वोत्कृष्ट घोषित हुँदै भिसी मेडल प्राप्त गरेका छन् ।

सरकारले हरेक प्रदेशमा सरकारी स्तरमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यसै वर्ष देखि ५० सिट प्राप्त गरी यही पुस २५ गतेबाट नियमित कक्षा सञ्चालन भइरहेको छ ।

अध्यापनको लागि प्राज्ञिक जनशक्तितर्फ सम्पूर्ण विधामा अहिलेसम्म १ सय ८८ जना प्राध्यापक प्रतिष्ठानमा कार्यरत छन् । विद्यार्थीलाई दीक्षित गरेपछि प्रधानमन्त्री तथा कुलपति ओलीले देशमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्नु गलत भएको बताउँदै देशले धेरै कुरामा फड्को मारेको बताए । सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनको दाबी थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अहिलेको मुख्य चुनौती नै दक्ष जनशक्ति कसरी देशमै टिकाउने भन्ने भएको बताउँदै यहीँ सेवा गर्न आग्रह गरे । अहिले स्वास्थ्य सेवामा सबैभन्दा ठूलो समस्या नै डाक्टर पलायन भएको उनको भनाइ थियो मन्त्री पौडेलले देशमै टिक्नका लागि केके गर्न सकिन्छ, नीतिगत र कार्यक्रममार्फत आफूहरू लागिरहेको र सुझाव पनि दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस