५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

अ+ अ-

चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ ।

 भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । 

जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईँहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईँहरूको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभ यात्रा जस्ता शब्दहरू भन्ने गर्दछन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दुरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८ दशमलव ६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षमा भएका चार सय छवटा दुर्घटनामा छ सय सात वटा सवारी साधन दुर्घटनामा परेकामा तीन सय ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने सात सय १८ जना घाइते भएका छन् ।

कार्यक्रममा वडाध्यक्ष खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए। सवारी दुर्घटनामा अत्यधिक सङ्ख्यामा दुई पाङ्ग्रे सवारी साधन पर्ने गरेको बताउँदै उहाँहरूले दुई पाङ्ग्रे सवारीसाधनको चालक बढी सतर्क हुन आवश्यक रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस