१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनः जीवन दिने अपेक्षासहित प्रतियोगिता गर्न लागेको जानकारी दिए । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उनको भनाइ छ । 

एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिए । “त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षणलगायत कार्यक्रम गरिनेछ”, उनले भने । उक्त प्रतियोगिताभन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । 

आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताए । प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ । 

लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका छ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । लोगोमा भगवान् गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस