५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिद्वारा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकबारे छलफल

अ+ अ-

काठमाडौँ । प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ मा उठेका कानुनी सवालबारे संसदीय समितिले महान्यायाधिवक्तासँग छलफल गरेको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार महान्यायाधिवक्ता रमेश बडालसँग छलफल गरेको हो । यसअघि ३ माघमा बसेको समितिको बैठकमा विधेयकमा देखिएका कतिपय कानुनी जटिलताको विषयमा महान्यायाधिवक्तालाई बोलाएर कानुनी राय लिने निर्णय भएको थियो ।

सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता रहेको नेपाल आँखा कार्यक्रम र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाजलाई एकीकृत गर्दै विश्वविद्यालय सञ्चालन गर्न तिलगंगा नेत्र विश्वविद्यालय विधेयक ल्याएको हो ।

विधेयकमा दुईवटा संस्था मर्ज गर्दा दुवै संस्थाको नाममा रहेको सम्पत्ति र दायित्व विश्वविद्यालयमा हस्तान्तर हुने व्यवस्था छ । विधेयकको यो व्यवस्था संस्था दर्ता ऐन २०३४ सँग बाझिएको भन्दै समितिमा सांसदहरूले कानुनी जटिलताको प्रश्न उठाएपछि समितिले महान्यायाधिवक्तासँग छलफल गरेको हो ।

छलफलको क्रममा महान्यायाधिवक्ता बडालले यस्तो अभ्यास नभएको बताए । उनले नेपाल आँखा कार्यक्रमसँग सम्बन्धित तिलगंगा होल्डिङलाई नछुट्याउन सुझाव दिए । आँखा कार्यक्रमसँग सम्बन्धित तिलगंगा होल्डिङ आँखाको लेन्स उत्पादनसँग सम्बन्धित छ ।

महान्यायाधिवक्ता बडालले त्यही तिलगंगा होल्डिङलाई नेत्र विश्वविद्यालय नछुट्याउन राय दिएका हुन् ।

नेत्र विश्वविद्यालयको प्रस्तावित विधेयकमा दुवै संस्थाको सम्पत्ति, दायित्व, यसद्वारा सञ्चालित शैक्षिक कार्यक्रम, अस्पताल र उत्पादन विश्वविद्यालयमा सर्ने उल्लेख छ ।

यसअघिको छलफलमा सांसदहरूले दुवै संस्था गैरसरकारी संस्था विघटन हुँदा त्यसको सम्पत्ति सरकारमा सर्ने कानुनी व्यवस्था रहेकोमा विधेयकमा गरिएको व्यवस्थाले कानुनी जटिलता उत्पन्न गरेको बताएका थिए ।

संस्था दर्ता ऐन २०३४ को दफा १४ मा संस्थाको विघटन वा त्यसको परिणामसम्बन्धी व्यवस्था छ । दफा १४ को उपदफा १ मा ‘संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ,’ भन्ने उल्लेख छ ।

यस्तै, उपदफा २ मा ‘उपदफा १ बमोजिम विघटन भएको संस्थाको दायित्वको हकमा सो संस्थाको जायजेथाले खामेसम्म त्यस्तो दायित्व नेपाल सरकारले व्यहोर्नेछ,’ भनिएको छ ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ४ असार २०८१ मा ल्याएको विधेयकका कतिपय व्यवस्था संस्था दर्ता ऐनको सो व्यवस्थासँग बाझिएको सांसदहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस