७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीको जिकिर : भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लागेको छ

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर लागेको बताएका छन् ।

भ्रष्टाचार गर्ने व्यक्तिले जुनसुकै पार्टीसँग आबद्ध भएको भए पनि एमाले नेतृत्वको वर्तमान सरकारले कारबाहीको दायरमा ल्याएरै छाडेको उनको भनाइ छ ।

नेकपा (एमाले) पर्वतले आइतबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप भएको जिकिर गरेका छन् ।

दुई दिनअघि मात्र विपक्षी दलहरूको मोर्चाले साझा विज्ञप्ति जारी गर्दै वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले भ्रष्टाचार बढाएको आरोप लगाएको थियो । अघिल्लो सरकारले अनुसन्धानका क्रममा खोलेका भ्रष्टाचारका फाइल बन्द गरेको तथा भ्रष्टाचारमा फसेका आफ्नालाई जोगाउन सरकार लागि परेको आरोप मोर्चाले लगाएको थियो ।

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको एमाले पर्वतले जनाएको छ । प्रशिक्षणमा एक सयभन्दा बढी नेता-कार्यकर्ता सहभागी छन् ।

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्म टिक्ने दाबीसमेत गरे ।

सरकार संकटमा पर्‍यो, अब छिट्टै ढल्छ भन्ने कुरा विपक्षीको छटपटी मात्र भएको उनको भनाइ छ । ‘सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो,’ उनले भने ।

सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि सरकार कुनै पनि संकटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको भन्दै उनले सरकारको आयुसँग अध्यादेशको सम्बन्ध नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस