६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हडताल नगर्न विद्यार्थीलाई शिक्षा मन्त्रालयको निर्देशन 

अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हडताल नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हडताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न मन्त्रालयले भनेको छ ।

‘शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सवैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोधसमेत गरेको छ । ‘कुनै पनि शिक्षण संस्था तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थामा भइरहेका त्यस्ता गतिविधिको अन्त्य गरी शिक्षा प्राप्त गर्ने व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्दै संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न र शैक्षिक सेवा प्रवाहको निरन्तरता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको विभिन्न ठाउँमा ताला लगाउनुका साथै विद्यार्थीले धम्कीपूर्ण पर्चा टाँस्ने धर्ना दिने गतिविधि गर्दै आएका छन् । जसका कारण त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीले असुरक्षित महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस