६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा विवाहको भोज खादा ९० जना बिरामी

अ+ अ-

डोटी । डोटीमा विवाहको भोज खादा ९० जना बिरामी परेका छन् ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ टाँग भन्ने ठाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । 

शुक्रवार स्थानीय नर बहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्षहरूका व्यक्तिहरूमा स्वास्थ्य समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले जानकारी दिए ।

शाखा प्रमुख खड्काका अनुसार शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, बान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको खड्काले बताए ।

बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ । भोजमा सुजी (हलुवा) खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए । 

घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस