५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ

अ+ अ-

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु. तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत संकलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को छ महिनाको अवधिमा रु. तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रु. तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको छ । यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तःशुल्क तर्फ रु. एक अर्ब ८३ करोड ९३ लाख १८, आयकरतर्फ रु. ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ रु. चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ रु. ९२ लाख ४२ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिको तुलनामा रु २८ करोड भन्दा बढी राजस्व संकलन भएको हो । अघिल्लो आव २०८०/८१ को सो अवधिमा रु. चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात् रु. दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा रु. आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस