९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा

अ+ अ-

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलक मोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

“राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ,” उनले भने “स्थानीय तहमार्फत तथ्यांकलाई पुस्ट्याइँ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।”केन्द्रिय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए । 

राष्ट्रिय जनगणना-२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलव एक प्रतिशतले बिजुली, तीन दशमलव चार प्रतिशतले सोलार, शून्य दशमलव पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलव चार प्रतिशतले बायोग्यास र शून्य दशमलव नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् । 

जनगणनाका क्रममा कुनै पनि विद्युत्को सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरिका एक सय २० र मालिका गाउँपालिकाको जमेका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । तीमध्ये अधिकांश बस्तीहरूमा अहिले केन्द्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

गण्डकी प्रदेश सरकार स्थापना भए देखिनै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केन्द्रिय लाइन नपुगेको र पुग्न नसक्ने ठाउँमा लघु जलविद्युत् परियोजना निर्माण, मर्मत सम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेकका बस्तीमा चालु आर्थिक वर्षमा केन्द्रिय प्रसारण लाइनको विद्युत् सुविधा पुग्ने नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा जलविद्युत् परियोजनाको सुविधा छ ।  

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तर्गत २३ हजार विद्युत्का ग्राहक छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय, २०७९/८० मा हजार दुई सय ३८ र २०७८/७९ मा सात सय ७० घरमा केन्द्रिय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । 

यस वर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरी बोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगंगाको कुइनेमंगाले क्षेत्रका करिब छ सय घरमा केन्द्रिय लाइनको विद्युत् विस्तारको काम अन्तिम चरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुरीमा केन्द्रिय लाइन विस्तारका लागि विसं २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत रु.२० करोड बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस