६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीबाटै निर्घात कुटिएको विषयमा छानबिन गर्न डीएसपी महतोको नेतृत्वमा समिति गठन

अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । 

चेकिङमा खटिए एक प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।  प्रहरीले निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडक पेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक पटक हानेको भिडियोमा छ ।

प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ । उक्त घटना गत पुस १५ मा घटेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए । यसबारेमा प्रहरी प्रशासनले छानबिन थालेको उनले बताए । 

यस्तै केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.म.नि. दिनेश कुमार आचार्यले घटनाबारे आवश्यक अनुसन्धान गरेर छानबिन गर्न निर्देशन दिइएको प्रशासनसँग भने । छानबिन समितिले अनुसन्धान गरेर ल्याएको रिर्पोटको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । 

घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले बताए । अहिले घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस