१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर अधिकारीले भने-बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको छ

अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकीङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकीङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छ । हामीले पनि निरन्तर रूपमा सम्बन्धित निकायहरूमा बैंकीङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैँ रहँदैनन् । समाधान हुँदै जान्छन् ।’

पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।

उनले भने, ‘समग्र रूपमा अर्थतन्त्रका आधारभूत कुराहरू एकदमै राम्रो देखिन्छन् । हामी बाह्य क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तहसम्म बढेको छ । पछिल्लो महिना बाढी पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पेय पदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’

उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरू आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुँदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस