८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६.७८ अंकले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।

११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटेल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।

मानुषी लघुवित्तको मूल्य ९.०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।

नेपाल फाइनान्सको ७.१५, जानाकी फाइनान्सको ६.९७, नारायणी डेभलपमेन्टको ५.९७, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस