९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्ले नचिन्ने संयन्त्रको दबाब मान्य नहुने माओवादी नेता आङ्बोको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद् र सरकारले नचिनेको संयन्त्रले सरकारलाई निर्देशन दिनु गलत भएको बताएका छन् । छैटौँ प्रदेश सभा बैठकको पहिलो बैठकमा सोमबार उनले यस्तो बताएका हुन् ।

‘सदनले नचिनेको, सरकारका कुनै संयन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तिले संसद्को र सरकारको मानहानी हुने गरी गरेको कुरा कम्तीमा यो प्रमुख प्रतिपक्षी दललाई मान्य छैन,’ उनले भने, ‘यो संसद्लाई मान्य हुँदैन ।’

उनले बजेट संशोधन गर्ने हुँदा वैधानिक रूपमा आउनुपर्ने बताए ।

‘यदि चाहनुहुन्छ भने मुख्यमन्त्रीले भन्नुपर्‍यो मेरो नेतृत्वको सरकारले ल्याएको बजेट गलत रहेछ, मेरो संयन्त्रले स्वीकार गर्न सकेन भन्नुपर्‍यो,’ उनले भने ।

केही दिनअघि प्रदेशका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको संयन्त्रले बजेट पुनरावलोकन गर्ने बताएको थियो । यो संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई र एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । उनीहरू दुवै २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

नीतिभन्दा बाहिरबाट आएका विषयलाई स्वीकार गर्न नसकिने बताउँदै आङ्बोले भने, ‘मुख्यमन्त्रीलाई छेउमा निरीह बनाएर जनताबाट पराजित, सरकारको र संसद्को कुनै पनि संरचनाले नचिन्ने व्यक्तिले बजेटको पुनरावलोकनको कुरा उठाउनु भनेको गम्भीर हो ।’

उनले प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । दुई ठूला दलले प्राथमिकता अनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस