काठमाडौँ। नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।
बेलकोटगढी नगर कमिटीको तेस्रो सम्मेलन गत पुस २५ मा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन । निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समिति अध्यक्षमा निर्वाचित भए ।
कुल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।