६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलको अभियानमा ओलीविरुद्ध गलत नाराबाजी गरिएको भन्दै प्रदेश कमिटीको ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत र भ्रमपूर्ण नारा लगाइएकोप्रति पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा धनगढी विमानस्थल र अछामको साफबेगरको छिपेखोला बजार लगायतका ठाउँमा कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीविरूद्व गलत र भ्रामक नारा लगाइएकोप्रती ध्यानाकर्षण भएको बताएको हो ।

‘मातृभूमि जागरण अभियान नामको समूहले कैलालीको धनगढी एयरपोर्ट र अछामको साँफेबगर नगरपालिकाको छिपेखोला बजार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने नाममा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध लगाइएका गलत र भ्रामक नारा र गरिएका अभिव्यक्तिका विषयहरू सञ्चार माध्यम मार्फत जानकारी भएकोले सुदूरपश्चिम प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी नै हाम्रो पार्टीमा प्रतिवद्ध कार्यकर्ताहरूको नाम अभियानमा सघाएको भन्दै कपोकल्पित तथा भ्रामक प्रचार गरी राजनीतिक बेइमानी गर्ने जस्ता अराजक, उछृंखल क्रियाकलाप र असभ्य अभिव्यक्तिले लोकतान्त्रिक सभ्य संस्कृतिलाई निष्तेज गर्ने र नागरिक समाज लगायत दलका कार्यकर्ताहरूलाई झन् अराकता तिर लगेर प्रतिक्रियावादीहरूलाई सघाउने गर्दछ ।’

एमालेले ती सबै कार्यको घोर निन्दा र भर्त्सना गर्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन समेत चेतावनी दिएको छ ।

साथै अराजक गतिविधिबाट भ्रममा नपर्न र घट्न सक्ने घटनाबारे समयमै सतर्कता अपनाउन सम्पूर्ण पार्टी पंक्ति र सम्बन्ध सबैलाई अपिल गरिएको चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेबाट कारबाही गर्दै निकालिएको भीम रावलले मातृभूमि जागरण अभियान चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस