काठमाडौँ। चीनमा आफूले चलाएको कार जोतेर ३५ जनाको ज्यान लिने एक चालकलाई मृत्युदण्डको फैसला सुनाइएको छ । बीबीसीका अनुसार गत नोभेम्बरमा कार जोतेका फा वेइछिउलाई मृत्युदण्ड दिइएको हो ।
६२ वर्षका चालकले ३५ जनाको ज्यान लिनुका अतिरिक्त दर्जनौँलाई घाइते पनि बनाएका थिए ।
चीनको दक्षिणी सहर चुन्हाईमा घटेको त्यो घटनालाई चीनको सवारी इतिहासमा पछिल्लो दशकमा घटेको एक खराब घटनाको रूपमा लिइएको छ ।
गत डिसेम्बरका ती चालक चिनियाँ अदालतबाट दोषी करार भएका थिए ।