६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिँदै छन्, आगामी चुनावमा ठूलै क्रान्ति हुन्छ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् ।

चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी रोजेकाहरुसँगको कुराकानीमा अहिले व्यक्ति मात्रै नभएर पार्टीहरू पनि माओवादीसँग एकता गर्न संवादमा रहेको बताए ।

उनले भने, ‘देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको छ। म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु । पछिल्लो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक संकटबाट देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए । त्यो कुरा जनताले नजिकबाट हेरिरहेका थिए ।’

उनले काँग्रेस र एमाले मिलेर अन्यायपूर्ण अप्राकृतिक र असंवैधानिक ढंगले आफूलाई सरकारबाट हटाउने काम भएको बताए ।

उनले थपे, ‘हामीले जनताको पक्षमा गरेको कामले लहर नै ल्याएको छ । अहिले त नभ्याउने जस्तो पो हुँदै गयो तपाईँहरूले पनि अझै सयौँको संख्यामा प्रवेश हुँदैछ भन्नुभयो। थोरै होइन, हजारौँको संख्यामा जोडिँदै छन्, व्यक्ति होइन पार्टीहरूसँग पनि कुरा हुँदैछ । यसलाई राम्रोसँग म्यानेज गर्न सकियौँ भने आगामी चुनावमा ठूलो क्रान्ति ल्याउँछ ।’

आज माओवादी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काँग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।

सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस