९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतीय सुरक्षा बलले मंगलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाइँहरू मध्ये सबैभन्दा ठूलो लडाइ भएको बताए । ।

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मंगलबारको झडप भएको हो ।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।

“नक्सलवादलाई अर्को ठूलो झट्का”, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भने । विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए ।

यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । “सुरक्षा बल अझै जङ्गलभित्र छ”, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने ।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् । उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो ।

यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस