८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति, विधि र पद्धतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जबाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी तुल्याइने बताएका छन् ।

‘२४औँ सशस्त्र प्रहरी दिवस-२०८१’ को अवसरमा एपिएफ हेडक्वार्टर हल्चोकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए । 

महानिरीक्षक अर्यालले उच्च नैतिक चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकल दर्जालाई निर्देशन दिँदै आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको स्पष्ट पारे । “संगठनमा नीति, विधि र पद्धति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्धतिलाई आत्मसाथ गरेर कर्तव्यपथमा लाग्नुपर्छ”, उनले भने । 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनका तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरे। त्यसअवसरमा महानिरीक्षक अर्यालले नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरी ‘वर्ष जवान-२०८१’ घोषित नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारीलाई ‘वर्ष जवान’ को ट्याग प्रदान गरे । 

महानिरीक्षक अर्यालले यसवर्ष सर्वोत्कृष्ट इकाई हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गरे । सो अवसरमा उत्कृष्ट कार्य गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापा पुरस्कृत भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि र विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

सो अवसरमा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण र कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारी र परिवारजनको हकहितमा विभिन्न कल्याणकारी योजना घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस