मकवानपुर। मनहरी गाउँपालिका-९ मगरटोलबाट अवैध लागू औषध गाँजा ६ किलोग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिकाका बाह्र घरे बस्ने ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन्
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित मंगलबार बिहान पक्राउ गरेको हो । मोक्तानलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।