६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी परिमाणमा कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन सुदूरपश्चिम प्रदेश स् वार्षिक प्रतिवेदन’ अनुसार असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।

यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । यो परिमाण गत आवको तुलनामा ०.७५ प्रतिशत मात्र बढी हो । त्यो बेला १.५० प्रतिशतले कर्जा प्रवाह बढेको थियो ।

यो प्रदेशमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा छ । असार २०८१ सम्ममा सेवा क्षेत्रको कर्जा अघिल्लो आवको दाँजोमा २.४४ प्रतिशतले बढेर १ खर्ब १० अर्ब ७१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो कुल कर्जाको ७२.४४ प्रतिशत हो ।

त्यस्तै औद्योगिक क्षेत्रमा २५ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यसमा कैलालीको हिस्सा सबैभन्दा बढी ७८.४४ प्रतिशत र सबैभन्दा कम बाजुराको ०.४१ प्रतिशत छ ।

कृषि क्षेत्रमा भने १.३१ प्रतिशतले कर्जा घटेर १६ अर्ब ५२ करोड ८५ लाखमा सीमित भएको छ ।

असार २०८१ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिम प्रदेशमा १ खर्ब ४९ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ बराबर निक्षेप संकलन गरेका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा ११.३२ प्रतिशतले धेरै हो । त्यो बेला भने निक्षेप संकलन १६.०९ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४७.८५ प्रतिशत र सबैभन्दा कम बाजुरा जिल्लामा २.३९ प्रतिशत रहेको छ ।

त्यस्तै कर्जातर्फ कैलालीको हिस्सा सबैभन्दा बढी ६९.१३ प्रतिशत र सबैभन्दा कम बाजुरामा ०.९९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा कुल निक्षेपकर्ता संख्या असार २०८१ सम्म १०.३४ प्रतिशतले बढेर ३७ लाख ९१ हजार ८ सय ६४ पुगेको छ । कुल ऋणी संख्या ४.३० प्रतिशतले बढेर १ लाख ४ हजार ५३ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा वर्षमा विपन्न वर्ग कर्जा १.३९ प्रतिशतले घटेर ११ अर्ब ५४ करोडमा सीमित भएको छ । सहुलियतपूर्ण कर्जा भने २९.६२ प्रतिशतले गिरावट भई ६ अर्ब ८१ करोडमा अडेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ सय ५६ छ । यसमा वाणिज्य बैंकका ३ सय २९, विकास बैंक ५२, वित्त कम्पनी ६ र लघुवित्त वित्तीय संस्थाका शाखा ४ सय ६९ छ ।

प्रतिक्रिया दिनुहोस