५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास

अ+ अ-

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहको बताएका छन् । 

प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको बुधबार उद्घाटन गर्दै उनले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको सेवाका लागि दक्ष जनशक्ति सिफारिस गर्न आयोगको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन्।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा जनताप्रति उत्तरदायी हुन सक्षम, सुदृढ र सबल कर्मचारी छनोटमा अझ चनाखो भई काम गर्न सुझाव दिए।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोक सेवा आयोगले मर्यादा र उचाइ वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुसी व्यक्त गरे। उनले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवन निर्माण आगामी वर्षदेखि सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोक सेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताए। उनले प्रदेशमा जनतामैत्री कानुन ल्याउनुपर्नेमा जोड दिए।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निष्पक्ष कार्यले दुर्गम क्षेत्रका युवा उच्च पदमा आउन सफल भएको बताए।

आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँ, सदस्य सजना दाहाल, टीकादत्त राई, सचिव तीर्थप्रसाद धिताल र प्रा. कृष्ण पोखरेलले आयोगले गोपनीयताका कायम राखी निष्पक्ष, निर्विवाद ढंगले कार्य गरिरहेको बताए।

सोही अवसरमा प्रदेश प्रमुख खापुङलगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे। आयोगमा हालसम्म तीन लाख ३८ हजार तीन सय ४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन्, भने दुई हजार एक सय दुई जनालाई विभिन्न पदमा नियुक्ति सिफारिस गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस