काठमाडौँ। नेपाल टेलिकमको काठमाडौँ र भैरहवामा बन्ने डाटा सेन्टरको भौतिक पूर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ ।
टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पूर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।
डेटा सेन्टर बनाउनका आवश्यक चाहिने लागि पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पूर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको ९ महिनाभित्रै बनाइसक्नु पर्नेछ।