३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना नेतालाई एमालेले गर्‍यो कारवाही

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका नेता डा. भीम रावलले सुरु गरेको अभियानलाई साथ दिएको भन्दै अछाम एमालेले आफ्ना ६ जना नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई कारबाही गरेको हो ।

उनीहरूलाई नेकपा एमालेको संगठन कमजोर पार्ने कार्यहरू गरेको, पार्टीको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न सञ्चार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको आरोप लगाइएको छ ।

जिल्ला कमिटी सचिव भीम रावलले नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरीत कार्य गरेको हुँदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताएका छन् । बुधबार पार्टीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिमा सक्रिय हुने अरू नेताहरूलाई पनि आगामी दिनमा कारबाही गरिने चेतावनी दिइएको छ ।

एमालेले अछाम कमिटीले आज कारबाही गरेका ६ जनासहितका १ हजार ८७ जनाले सोमबार भीम रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गरेको भन्दै हस्ताक्षरसहित सामूहिक वक्तव्य जारी गरेका थिए । एमालेमै रहेर एमालेले निष्कासन गरेको व्यक्तिको समर्थन गरेको भन्दै आज ६ जान माथि पार्टीले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस