काठमाडौँ । नेपाल भलिबल संघको केन्द्रीय सदस्यमा गणेश रिजाल मनोनीत भएका छन्। संघले उनलाई केन्द्रीय कमिटी सदस्यमा नियुक्त गरेको हो।
रिजालले बुधबार संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पद तथा गोपनीयताको शपथ लिँदै प्रमाणपत्र ग्रहण गरे। केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न मनोनीत भएका रिजाल युवा संघ नेपालका सचिवालय सदस्य तथा मधेश प्रदेशका सचिव समेत हुन्।