८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा लागुऔषध र सीमा सुरक्षासम्बन्धी कार्यक्रम

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत आजसम्म देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो । ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सिमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

दिवसका अवसरमा सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ लेखिएको दुई सय १३ होर्डिङ बोर्ड पनि राखिएको उनले बताए।

यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरूबाट स्थानीय विद्यालयमा विद्यार्थीहरूलाई लागु औषधसम्बन्धी दुई सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ, जसमा १२ हजार तीन सय ६८ जना सहभागी भएका छन् ।

लागुऔषध दुर्व्यसनीसम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरूमा गई ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

यसैगरी, सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका इकाईहरूले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरूको अभिलेख राख्ने कार्य थालिएको बताइएको छ ।

यसैगरी, शीघ्र प्रभाव आयोजनाअन्तर्गत समुदाय विकास तथा क्षमता अभिवृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तीकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर चार सय ७३ कार्यक्रम सञ्चालनबारे जानकारी गराएको छ  । समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत एक सय २९ जनचेतनामूलक कार्यक्रम गर्नाका साथै निर्माणअन्तर्गत १३ स्थानमा चौतारा, १३ प्रतीक्षालय, सात सार्वजनिक शौचालय र १८ खानेपानीको धारा निर्माण गरिएको छ ।

यसैगरी, स्वास्थ्यअन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियानअन्तर्गत एक सय ९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षारोपण तथा महिला सशक्तीकरण अभियानअन्तर्गत ११ वटा आत्मरक्षा तालिम दिइएको प्रवक्ता न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस