७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय पर्यटकलाई नेपाल आउँदा हुने असजिलो हटाउने मुख्यमन्त्री कार्कीको दाबी 

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताएका छन् ।

कोशी टप्पु सुनसरीमा आज भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताए ।

कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले भारतको बिहार पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जानकारी दिए ।

कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँग उनले कुराकानी गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले भारत र नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गर्दै भने । ‘तपाईँ भारतीय सञ्चारकर्मी मित्रहरूले हाम्रो पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ’, मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि बजेट पनि वृद्धि गरिने जानकारी दिए ।

पत्रकारसँगको कुराकानी अघि बसेको मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो ।

कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस