६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको मिति निश्चित नहुँदै केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । महर काँग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् । महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् ।

पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताए ।

चार वर्षभित्र महाधिवेशन हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औँ महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् । ‘नियमित समयमा महाधिवेशन गर्न अहिले भन्दा १० गुणा बढी काम गर्नुपर्दछ । अहिले दबाब सिर्जना गर्न सकिएन भने महाधिवेशन समयमा हुन सक्दैन,’ महरले अनलाइनखबरसँग भने । महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम र प्रचारमा लाग्ने बताए ।

महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरू धेरै भए पनि सार्वजनिक रूपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । काँग्रेसको विधान अनुसार निर्वाचित दुई महामन्त्री हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस