१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी वक्ताहरूलाई बोलाएर अर्थ र रोजगारी जोडिएका कार्यक्रम गर्दै काँग्रेस

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले ‘सुवर्ण शमसेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बनेका काँग्रेसका संस्थापक नेता सुवर्ण शमसेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो बजेट राणाले ल्याएका थिए ।

अर्थ संवादका लागि विदेशी व्यक्तिहरू समेत ल्याएर काँग्रेसले कार्यक्रम गर्न लागेको हो ।

फागुनको २६ र २७ मा गते सुवर्ण शमसेर इनोनोमिक कन्क्लेभ गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी गराए । इकोनोमिक कन्क्लेभमा केही विदेशी वक्ताहरू समेत आउने थापाले जानकारी गराए ।

साथै, काँग्रेसले रोजगारीका सन्दर्भमा रहेर एक वर्षे बहस निरन्तर गर्ने भएको छ । माघको मसान्तबाट रोजगारी बहस चलाउने तयारी गरिएको महामन्त्री थापाले जानकारी गराए ।

उनले भने, ‘नेपालमा रोजगारी कहाँ छ ? रोजगारीको अवस्था के छ भन्ने बारेमा एक वर्ष भरिमा बहस चलाउने गरी तयारी गर्दैछौं ।’

यही माघको माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप एण्ड एमइ समिट’ गर्न लागिएको छ । केन्द्रीय कार्यालय सानेपामा दुई दिने कार्यक्रम राखिएको छ । स्टार्ट अप र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी गराइन् ।

थपलिया प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला विकास विभागले दुई दिने कार्यक्रम राखेको हो । थपलियाका अनुसार केन्द्रीय कार्यालयमा स्टलहरू राखेर प्रदर्शनी गरिने भएको छ ।

९ माघमा आर्थिक नीति तथा योजना विभागले ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक संवाद गोष्ठी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस