१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

अ+ अ-

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । 

चिकित्सालयले शनिवार लगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने आवश्यकता भएपछि शनिवार लगायत अन्य बिदाको दिन पनि सेवा दिने कार्य गरेको जानकारी दिए ।

उनले भने, “कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका क्रममा बीचमा कुनै दिन ‘ग्याब’ राखेर उपचार गर्ने गरेमा बिरामीको घाउ पाक्ने तथा समस्या देखिने भई बिरामीलाई असहज महसुस हुने तथा उपचार पद्धतिमा कठिनाइ हुने हुन्छ, जसका कारण बिदाको दिन पनि सेवा दिने गरिएको हो ।”  

त्यस्तै बिरामीहरू टाढा टाढाबाट आउने र बिदा भएपछि घर फर्कनुपर्ने बाध्यतालाई दृष्टिगत गरी बिदामा पनि सेवा दिँदै आएको उनले बताए । प्रादेशिक आयुर्वेद चिकित्सालयमा हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स-रे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा रहेको डा ठाकुरले बताए । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा पछाडि रहेको उनको भनाइ छ । 

“मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसका लागि सुरुआत चिकित्सालय नै हो”, डा ठाकुरले भने । उनले शनिवार लगायत बीचमा कुनै पनि बिदा परेमा बिदाको दिन पनि चिकित्सालयमा आएर सेवा लिन सर्वसाधारणलाई अनुरोध गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ४२ आयुर्वेद औषधालय र ३३ नागरिक आरोग्य सेवा केन्द्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस