७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाभियोगको चेतावनीपछि मात्रै राष्ट्रपतिले सरकार गठन आह्वान गर्न बाध्य हुनुभयो : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन्।

दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वसंयमले नभनेको भएपछि काँग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे। उनले ओली सरकार असंवैधानिक भएको दोहोर्‍याए।

उनले भने, ‘मैले विश्वासको मत पाउँदिन भन्ने त प्रष्टै थियो। तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईँले नै हो भनेको थिए। उहाँले गर्ने विश्वास दिनुभएको हो। अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो।’

उनले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्न सक्ने अवस्था नै नरहेको बताए।

उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई। तर, काँग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन। काँग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन। नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यो गठबन्धन बन्ने भएन। मैले सुनेको, काँग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरूले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईँलाई महाभियोगको लगाएर निकाल्छौँ भनेपछि धर्मसंकटमा पर्नुभयो। कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि।’

प्रतिक्रिया दिनुहोस