८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिलाले पाइन् ग्रिसको लिग खेल्ने अनुमति 

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाएकी छन् ।

गत भदौमा अनुबन्ध भए पनि एन्जिला मंसिरमा टोलीसँग जोडिएकी थिइन् । एन्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४-२५ को लागि अनुबन्ध गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

अनुमति प्राप्त गरेसँगै एन्जिलाले शनिबार हुने ओएफआइविरुद्ध खेल्ने सम्भावना छ । ‘शुक्रबार पत्र आएसँगै लिग खेल्न अनुमति पाएको छु’ अन्जिलाले भनिन्, ‘कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा थिएँ । युरोपमा डेब्यु गर्न तयार छु ।’

एन्जिला सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौँ स्थानमा छ । ओएफआइ समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ ।

एन्जिला पहिलो पटक एसियाभन्दा बाहिरको लिग खेल्दैछिन् । यसअघि एन्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बिताइन् । एन्जिला दुवै टोलीको कप्तान थिइन् ।

विभागीय टोली एपीएफ क्लबमा आबद्ध एन्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन् ।

प्रतिक्रिया दिनुहोस