१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’ : डा. प्रकाशशरण महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्नेमा जोड दिएका छन् । 

बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताए । 

सहकारी विकास बोर्डका पूर्व उपाध्यक्ष एवं सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले मुलुकको उत्थानका लागि सहकारी वरदान साबित हुने भए पनि दलले यसलाई व्यवस्थित गर्न चुकेकै कारण समस्या आएकाले समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

महासंघका पूर्वअध्यक्ष मीनराज कँडेलले ३० हजार सहकारीमध्ये एक सय ५० मा मात्र समस्या आएको बताउँदै अरू सहकारीले राम्रो काम गरेको बताए । नराम्रो गर्ने थोरै सहकारीका कारण राम्रो काम गर्ने धेरै सहकारीलाई बदनाम हुनबाट बचाउनुपर्नेमा उनको जोड छ । बचतकर्ताको पैसा दुरुपयोग गर्ने सञ्चालकको सम्पत्ति बेचेर भए पनि छिटोभन्दा छिटो पीडितलाई पैसा फिर्ता गरिनुपर्नेमा पूर्वअध्यक्ष कँडेलले पनि ऐक्यबद्धता जनाए ।

सहकारी विभागका पूर्वरजिष्ट्रार महेश्वर शर्माले अहिले केन्द्रीय तहमा बदमासी गर्ने केही सहकारीका बारेमा मात्र प्रचारप्रसार भइरहेको जानकारी गराउँदै जिल्ला जिल्लामा बचतकर्ताको पैसा ठगी गरेका सहकारीका बारेमा आयोग गठन गरेर नै छानबिन गर्न माग गरे ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसदस्यसचिव खगराज शर्माले एउटैले धेरै सहकारी खोल्नेजस्ता कारणले पनि सहकारी क्षेत्रमा समस्या आएकाले नियमन गर्न अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, महासचिव पुष्प पराजुलीलगायतले थोरै, थोरै बचत गरेर समस्या परेका बेला काम चलाऔँला भनी बचत गर्नेहरू अप्ठ्यारोमा परेकाले सञ्चालकलाई कारबाही गरी उनीहरूको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्नेमा जोड दिएका थिए । प्रतिष्ठानले सहकारी ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म यो विषयमा पछ्याइरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस