६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काठमाडौँका यी स्थानमा आठ घण्टा विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । 

जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

टोखा फिडर अन्तर्गतका हात्तिगौडा, बालुवा डीपो, खत्री गाउँ हुँदै विष्णुमती वारिपारी टोखा (वडा न‌‌ : १, २ र ३ सबै क्षेत्र), भुतखेल, टोखा बजार, चण्डेश्वरी, पन्चेटार, झोर, साङ्ला तथा भत्केको पुलसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

शिवपुरी फिडर अन्तर्गत पर्ने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार एरियामा साँझसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै महाराजगन्ज वितरण केन्द्रको बसुन्धारा फिडर अन्तर्गतका बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित काम तोकिएको समय अगाडि नै सम्पन्न भए अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस