काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४०.३३ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, तरुल ८५ रुपैयाँ, लोकल गाजर ४५ रुपैयाँ, सेतो मूला हाइब्रिड २२.३३ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ११ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
यस्तैगरी, पालुगो साग ३५ रुपैयाँ, तोरीको साग २२.६७ रुपैयाँ, चमसुरको साग ३५ रुपैयाँ, कागती १५५ रुपैयाँ, सुन्तला (नेपाली) १२६.६७ प्रति केजी रहेको छ ।



