काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै खरिदार वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको शनिबार जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०८-१३८१३/०८०-८१ (खुला तथा समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :
यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०७/०८०-८१ (आ.प्र.) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जानकारी दिएको हो ।
हेर्नुहोस् नतिजा :
