काठमाडौँ । शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ ।
