काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निश्चित गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले आइतबार सूचना जारी गर्दै, नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०१ (खुला समावेशी) अन्तर्गत अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि छनोट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र श्री मध्य पश्चिम पृतना मुख्यालय, बुटवलमा कायम गरिएको आयोगले जनाएको छ।
हेर्नुहोस् आयोगद्वारा जारी सूचना :

यस्तै लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/०१ (खुला, समावेशी), अधिकृत क्याडेट पदको लिखित परीक्षाको परीक्षा भवन पनि कायम गरेको जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि. नं.०८१/८२/०१ (खुला समावेशी), अधिकृत क्याडेट पदको लागि श्री मध्य पूर्वी पृतना हे. क्वा., बर्दिबास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र पनि कायम गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
