७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनतम राजनीतिक संस्कार कायम गर्न सत्ता पक्षका नेतालाई सांसद गौतमको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यूनतम राजनीतिक संस्कार कायम राख्नु नेताहरूलाई आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध छ ।’

सरकारले रवि लामिछानेमाथि दूषित मनसाय राखेर अभियोजन गरिराखेको उनको आरोप छ । दूषित मनसाय राखेर अभियोजन गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहेको उनको टिप्पणी छ ।

सांसद गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।’

यस्तो प्रवृत्ति रोक्न उनको आग्रह छ । अगाडि लेख्छिन्, ‘सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् ।’

नेताहरूले गलत प्रवृत्ति बोक्न नहुने उनको आग्रह छ । उनी भन्छिन्, ‘बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बोकेर हिँडिरहनुभएका तपाईँहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन । देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।’

शीर्ष नेताहरूको अभिव्यक्तिप्रति ध्यान दिन सम्बन्ध निकायलाई पनि उनको आग्रह छ ।

उनी लेख्छिन्, ‘स्वच्छ न्याय प्रभाव पार्ने गरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धी निकायहरूको गम्भीर ध्यान जाओस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्यूनतम राजनीतिक संस्कार चैँ कायम राखिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस