९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई राजनीति गर्न निषेधदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिए ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले पार्टीको जारी केन्द्रिय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर त भएन ?’

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ । संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बीचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने शाही बताउँछन् ।

संविधान संशोधन गराउन दबाबमूलक कार्यक्रम गर्नु पर्ने भन्दै उनले संविधान संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर पनि लेखेका छन् ।

संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेका छन् । एक जना व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि उनको जोड छ ।

‘जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीको प्रस्ताव छ ।

प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाको बारेमा जनमत संग्रह जस्ता विषयमा समेत उनले पार्टीले निर्णय लिनुपर्ने बताएका छन् । संविधान संशोधनका लागि अन्य एजेण्डा समेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीको जोड छ ।

‘भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, युवाहरूलाई रोजगारीको ग्यारेन्टी’ संविधान संशोधनबारे शाहीका प्रस्तावित एजेण्डा छन् ।

कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न बन्द गरिनुपर्ने र यसका लागि आवश्यक प्रबन्ध संविधानमै राखिनुपर्नेमा पनि उनको जोड रहेको छ । तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अगाडि लेख्छन्, ‘तर हामी हामी एकअर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ जो आफैँमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’

प्रतिक्रिया दिनुहोस