काठमाडौँ । विशेष अदालतले नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको छ ।
अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए ।
विष्टलाई चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।